फुटसल प्रतियोगिताको उपाधि ज्ञान ज्याेति तुलसीपुरलाई

जेठ २६, २०८१


दाङ तुलसीपुर २६, ज्ञान ज्याेति एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित संस्कार पाठशाला दाङको आयोजनामा सञ्चालन गरिएको फुटसल प्रतियोगिताको उपाधि ज्ञान ज्याेति माध्यमिक विद्यालय तुलसीपुरले जितेको छ ।

आज भएको फाईनल खेलमा पब्लिक ज्ञान ज्याेति माध्यमिक विद्यालय बम्नैलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै ज्ञान ज्याेति तुलसीपुरले उपाधि जितेको हाे । प्रथम र दोस्रो हुने टिमलाई नगत सहित सिल्ड, मेडल र प्रमाणपत्र ज्ञान ज्याेति एजुकेसन फाउन्डेसनमा सिइओ सुरेन्द्र जि.सी.ले प्रदान गर्नुभएको थियोे । कार्यक्रममा खेल अबधि भरि रेफ्रीको भुमिका निर्भाह गर्नुहुने कमल डागि र यलिस वि.क.लाई मायाको चिनाे सहित सम्मान गरिएको थियोे । फुटसल प्रतियोगितामा फाउन्डेसन अन्तर्गतका ८ विद्यालयहरुकाे सहभागिता रहेकाे खेल संयोजक सुरज वलीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै फाउन्डेसनमा सिइओ सुरेन्द्र जि.सी.ले विद्यार्थीलाई शिक्षासंगै खेलकुदमा जाेड्नका लागि फाउन्डेसनले फुटसल काेर्ट निर्माण गरेको र यसरी हुने प्रतियोगिताले खेलकुदकाे विकास गराउन, दक्ष खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उक्त फुटसल काेर्टकाे उद्धघाटन गत बुधबार अखिल नेपाल फुटबल संघ एन्फाका टेक्निकल डाईरेक्टर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान हरि खड्काले गर्नुभएको थियो ।