किरण अभिनित ‘माया थिएन भने’ सार्वजनिक (भिडियोसहित)

कार्तिक १९, २०७९


असोज २१ गतेबाट प्रदर्शनमा आएको फिल्म’२ नम्बरी’का निर्माता किरण नेपाली अभिनित म्युजिक भिडियो ‘माया थिएन भने’ सार्वजनिक गरिएको छ । भिडियोमा किरणको जोडी स्मारिका ढकालसँग बाँधिएको छ ।

एक्का एक्सप्रेसले निर्माण गरेको म्युजिक भिडियोमा उषा मलाह सिम्रनको स्वर रहेको छ । राज कुमार निर्देशित भिडियोमा डिम्पल खरेल र सतिश एस खत्रीको पनि अभिनय रहेको छ ।

निर्देशक राज कुमारको नै शब्द तथा संगीत रहेको गीतमा उनकै सम्पादन समेत छ । सार्वजनिक म्युजिक भिडियोको छायांकन खेम थापाले गरेका हुन् ।