लकडाउनमा पनि दाङका बजार भिडभाड

चैत २८, २०७६


सरकारले कोरोना संक्रमणको प्रकोप फैलन नदिनका लागि लकडाउनको घोषणा गरेको छ । तर सरकारले घोषणा गरेको लकडाउनमा शुक्रवार दाङ्गका वजारमा भने मान्छेको बाक्लो भिड देखिएको छ । उपभोग्य सामानको आपूर्तिमा सहज होस् भन्नका लागि जिल्ला प्रशासन कार्यालयले सातामा ३ दिन वजार खोल्ने अनुमति दिएको हो ।शुक्रवार वजारमा मान्छेको बाक्लो भिड देख्दा लकडाउन खुलेको जस्तो आभाष हुन्थ्यो ।  वजारमा भिड वढ्दै जानु र नचिनेका मान्छेहरु पनि देखिनुले स्थानीयहरु आतंकित भएका छन् । प्रशासनले वजार खुलाउने गरेको तर व्यवस्थित गराउन नसकेको पनि स्थानीयको आरोप छ । उपभोग्य वस्तुका लागि वजार खोले पनि त्यसलाई व्यवस्थित तरिकाले खोल्नुपर्ने स्थानीयको भनाई छ । हरेक दिन विहान उपभोग्य वस्तुको लागि पसल खोल्ने गरिएकोमा जिल्ला प्रशासनले कार्यालयले सातामा ३ दिन आइतवार, मंगलवार र शुक्रवार वजार खोल्ने गरेको छ ।