पैसा सम्बन्धि प्रेरक भनाईहरु

बैशाख २७, २०७७


प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै पैसा सम्बन्धि १३ भनाइहरु राखिएको छ जसले हाम्रो जीवनसँग मेल खान्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १३ पैसा सम्बन्धि भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. राम्रो बानी र राम्रो संगतले तिमीलाई त्यहाँ पुर्याउन सक्छ, जहाँ तिमीलाई पैसाले पनि पुर्याउन सक्दैन ।

२. पैसा हुनु तर दिमाग नहुनु भनेको सबैभन्दा खतरा हो ।

३. पैसा कमाउनु ठुलो कुरा होइन तर समाजलाई पनि केहि योगदान पुग्ने काम गरेर पैसा कमाउनु ठुलो कुरा हो ।

४. पैसा भन्दा ठुलो आत्मविश्वास हो ।

५. तिमीले बचत गरेको एक सिक्का पनि तिम्रो ठुलो लगानी हो ।

६. पैसा असल नोकर बन्न सक्छ तर हाकिम बन्न सक्दैन ।

७. तिमी पैसा कमाउनकै लागि काम गर्छौ भने तिमी धनि बन्न सक्दैनौ । धनि बन्नको लागि तिमीले ग्राहकलाई सन्तुष्टि दिने काम गर्नुपर्छ ।

८. पैसा नै समय हो ।

९. मेरो लागि सफलता भनेको पैसा होइन । मेरो काम देखेर मानिसहरुमा उत्प्रेरणा जाग्नु नै मेरो लागि सफलता हो ।

१०. जो व्यक्तिले आफ्नो आम्दानी भन्दा धेरै काम गर्छ, त्यो व्यक्ति छिट्टै आफुले गर्ने काम भन्दा धेरै आम्दानी गर्नेछ ।

११. पैसा धेरै महँगो छ, धेरै पसिना बगाउनुपर्छ ।

१२. यसरि काम गर कि, मानौ तिमीलाई पैसाको आवश्यकता नै छैन । यसरि नाच कि मानौ तिमीलाई कसैले हेरेकै छैन र यसरि माया गर कि मानौ तिम्रो दिल कहिल्यै टुटेकै छैन ।

१३. जीवनमा सहि आनन्द लिनका लागि आर्थिक स्थिति होइन, मानसिक स्थिति राम्रो हुनुपर्छ ।