कलाकार सन्दिप भुषालको स्वास्थ्यमा सुधार

बैशाख २२, २०७८     सम्पूर्ण कुरा


कलाकार सन्दिप भुषालको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएको छ । कोरोना सङ्ग जुधेका उनि एक हप्ता भेण्टिलेटर सहितको उपचार पछि आज सघन उपचार कक्ष ( ICU) मा फिर्ता आएको पारिवारिक स्रोतले जानकारि दिएको छ । चिकित्सकका अनुसार अहिले उनी पूर्णत खतरामुक्त रहेको बताईएको छ । अहिले उनको काठमाण्डाै स्थित मेडिसिटि अस्पतालमा उपचार भईरहेको छ । उनले थुप्रै टेलिसिरियल देखि लिएर थुप्रै नेपाली चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन भने “बाचा”,”पुरानो हुदैन माया” लगायतका नेपाली चलचित्रहरुको निर्माण समेत गरिसकेका छन । हाल उनी कलाकारिता सङ्गसङ्गै ब्यबसायमा समेत सकृय छन । साथै “सम्पूर्ण कुरा” उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।