दाङमा वर्षाले डुबायो काटेर सुकाएको धान

कार्तिक ०१, २०७८     सन्तोष के. सी.


कार्तिक १, दाङ जिल्लाको बिभिन्न स्थानमा काटेको धानबालिमा गएराति देखि भइरहेको वर्षाका कारण खेतमा काटेर सुकाइएको धानबाली भिजेर क्षति पुगे पछि दाङ जिल्लाका किसान चिन्तीत भएका छन् । चाडपर्वकै समयमा खेतमा धान पाकेर पहेँलै भएपछि किसानलाई केही दिन देखि धान काटेर भित्र्याउने चटारो थियो । दुई दिन अघि काटेर खेतमै सुकाइएको धान उठाउन नपाउँदै वर्षाले क्षति पु¥याएको तुलसीपुर–७ का किसान छोटिलाल चौधरी ले बताए ।

उनले भने, गए राति बाट परेको पानीले खेतमा काटेको धान सबै भिजेर क्षति पुग्दा चिन्ता थपेको छ । खेतमा पानी जमे पछि काटेर सुकाइएको पूरै धान भिजेर क्षति पु¥याको छ । आइतबार दिउँसो सम्म किसान धान काट्नमै व्यस्त थिए, राति अचानक भएको वर्षाले बालीमा क्षति पु¥यायको छ । क्षतिको एकिन विवरण आउन भने समय लाग्ने कृषि ज्ञान केन्द्र दाङले बताएको छ ।