नेपाली कांग्रेस तुलसीपुर नगर समितिले भवन निर्माण गर्दै ।।
शरद रेग्मी
तुलसीपुर, कार्तिक २४ । नेपाली कांग्रेस तुलसीपुर नगर समितिले भवन निर्माणको कामलाई अगाडि बढाएको छ ।
जिल्ला बाहेक स्थानिय पालिकाहरुमा आफ्ना भौतिक सम्रचनाहरु नहुदा भोग्नुपरेका समस्याहरुलाई मध्यनजर गर्दै पार्टिले सय बर्ष देखि भवन निर्माणको कामलाई अगाडि बढाउन लागेको केन्द्रिय सदस्य दिपक गिरिले बताउनु भयो ।
हामि सबै पालिकाहरुमा त्यहाका दानबिर दाताहरु सग अनुरोध गरेर जग्गा माग्छौ अनि भवन निर्माणको काम अगाडि बढाउछौ पुर्ब मन्त्री समेत रहेका नेता गिरिले भन्नु भयो । मैले सुनेको छु तुलसीपुर नगर समितिले १९ वटै वडाहरुमा आफ्नो भवन र
सम्पर्क कार्यालय स्थापना गर्ने काम अगाडि बढाउदै छ यो सिङ्गो पार्टि र नेता कार्यकर्ताहरुका लागि ऐतिहासिक कामको सुरुवातहो गिरिले भन्नु भयो ।
नगर सभापति लगायत सबैलाई धन्यवाद दिन चाहान्छु र यस महान कार्यमा हातेमालो गर्न समेत सबैलाई अनुरोध गर्दछु केन्द्रिय सदस्य गिरिले भन्नु भयो । तया प्रदेशका मन्त्री डिल्लिबहादुर चौधरिले पनि भवन निर्माणको काम सुरु
हुनु प्रशसा योग्य भएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । पार्टि सभापति किर्तिबहादुर खडका,पुर्ब सासद गेहेन्द्र गिरि,सबिधान सभा सदस्य बुद्दिराम भण्डारि,लगायत नगर, गाउपालिका र वडा अध्यक्षहरुले समेत पार्टिको भवन निर्माणमा आफुहरुको सहयोग रहने सामुहिक प्रतिबद्दता ब्यक्त
गरेका छन । जिल्ला देखि केन्द्र सम्मका नेताहरुले नेपाली कांग्रेस तुलसिपुर नगर समितिलाई धन्यवाद दिदै आफुहरुले सक्दो सहयोग गर्ने मौखिक प्रतिबद्दता समेत ब्यक्त गरेका छन ।
यता नेपाली कांग्रेस तुलसिपुर नगर समितिका सभापति शुरेस हमालले नगर समितिको सचिवालय तुलसीपुर उपमहानगरपालिका ६ स्थित पार्टि कार्यालयको प्राङगनमा निर्माण गर्न काम सुरु गर्नुभएको छ ।
बुधवार बिहान पार्टिका अग्रज नेता कार्यकर्ता हरुको भेला बोलायर भवनको सिलन्यास गरिएको थियो । निर्माणको कामलाई द्रुतगतिमा अगाडि बढाउन फिल्डमा पनि काम सुरु भैसकेको नगर सचिब सुशिल वलिले जानकारी दिनुभयो ।
यता नगरसभापति शुरेस हमाल र भवन निर्माण समितिका सयोजक बिनिल केसिले बुधवार एक बिज्ञप्ति जारि गरि भवन निर्माणको ऐतिहासिक कामलाई सफल पार्न सबै तह र तप्का सग अपिल गर्नुभएको छ । आफुहरुले निर्बाचनमा उठाएको प्रमुख एजेण्डाको काम नगरकमिटिको भवन निर्माण
बाट सुरु गरे पछि सबै कार्यसमिति उत्साहित उत्साहित भएर निर्माण कार्यमा जुटेको प्रबक्ता पुर्ण बिक्रम डागिले जानकारी दिनुभयो ।
नगर समितिको निर्बाचनमा जोडतोडका साथ उठाएको १९ वटै वडाहरुमा भवन निर्माणको एजेण्डाले यति छिट्टै सार्थकता पाउन लागेको भन्दै गाउशहरमा नेपाली काग्रेसका नेता कार्यकर्ताहरु उत्साहित बनेका छन अर्का नगर सचिब बिमल पौडेले प्रतिकृया दिनुभयो ।







