एलोन घिमिरे र समीक्षा अधिकारीको आवाजमा ‘वनको फूल’

कार्तिक २८, २०७८


कात्तिक २८, गीतकार, संगीतकार तथा गायक एलोन घिमिरेको शब्दरसंगीत र स्वरमा रहेको गीत ‘वनको फूल’ सार्वजनिक भएको छ । गायक घिमिरेलाई लोकप्रिय गायिका समीक्षा अधिकारीले आवाजमा साथ दिएकी छन् । एलोन–प्रकाश अफिसियल यूटुव च्यानलबाट सार्वजनिक भएको गीतमा चर्चित मोडल दुर्गेश थापा र नवनायिका चाँदनी शिल्याले अभिनय गरेका छन् ।

प्रविन थापाले निर्देशन गरेको गीतको चलदृश्यमा गीतले प्रस्तुत गरेको प्रेम जोडी बीचको समर्पित भावलाई देखाइएको छ । प्रस्तुत गीतको एरेन्ज चर्चित एरेन्जर कृष्ण विक भान्जाले गरेका हुन भने गीतको अडियो भिडियो निर्माण समीर मिडियाले गरेको हो ।