नाजुक अवस्थामा दाङका सिनेमा हल

मङि्सर ०५, २०७८     ध्रुव राज न्यौपाने (डि.आर.एन)


कोरोनापछि मनकासी र स्वर्गद्वारी हल खुले बाँकि सबै बन्द


कोरोनाको महामारी सुरु भएसँगै ११ चैत २०७६ देखि नेपाल सरकारले पूर्ण लकडाउन ग¥यो । लकडाउन हुनुपूर्व नै फिल्म हलको ढोका बन्द भइसकेको थियो । फिल्म हल सबैभन्दा जोखिमको केन्द्र भएको भन्दै लकडाउनपूर्व नै हल बन्द गराइएको थियो । करिब १० महिना बन्द भएका फिल्म हल उच्च सतर्कता अपनाएर खोल्न सरकारले अनुमति दियो । हलवालासँगै फिल्मकर्मीहरूले हल खोल्ने निर्णयलाई उत्साहपूर्ण ढंगले स्वीकार गरे । तर, हल खुले पनि दर्शक आउने माहौल बनेन ।

यसबीचमा केही पुराना तथा केही नयाँ फिल्म रिलिज भए । तर, दर्शकको उपस्थिति शून्यजस्तै थियो । हल सञ्चालकहरू फिल्मक्षेत्रलाई चलायमान गराउनका लागि घाटा बेहोरेर पनि हल खोलिएको बताउँथे । हल सञ्चालनमा आएको तीन महिना नबित्दै पुनः हलहरू बन्द भए । कोरोनाको दोस्रो लहर सुरु भएको भन्दै फिल्म हल बन्द गरिएको थियो । जुर्मुराउन नपाउँदै फिल्मक्षेत्र पुनः बजारियो । कोरोना कहरको दोस्रो लहरले पनि नेपाली चलचित्र क्षेत्रलाई नराम्रो संग पछार्यो । अव फेरी नेपाली सिनेमा हल कहिले संचालन हुने भन्ने चिन्ता नेपाली चलचित्र उद्योगमा देखा पर्यो । दोस्रो लहरको कहर विस्तारै कम हुदै जादा अन्य क्षेत्र खुले तर सिनेमा हल भने खुल्न सकेका थिएनन् । सरकारले सिनेमाहल खोल्ने अनुमति त दियो तर काठमाडौमा मात्र । सरकारले काठमाडौँ उपत्यकामा सिनेमा हल खोल्ने भनेता पनि सिनेमा हल व्यवसायीहरुले त्यसको कडा अवज्ञा गरे । देशभर खोल्ने निर्णय गरे मात्र सिनेमा हल खोल्ने भन्दै हल व्यवसायीहरु आन्दोलमा समेत उत्रिए । हल व्यवसायी र निर्माताहरुको फिल्म रिलिज गर्न रिलिज हुने फिल्मलाई २० लाख रुपैयाँ बराबरको सहयोग विकास बोर्डले दिनुपर्ने पनि अडान कायम गरे । उता विकास बोर्डको ढुकुटिमा खासै पैसा नभए पनि सकेको सहयोग गर्न विकास वोर्ड तयार भयो । तर पनि नेपालमा कुनै निर्माताले आफ्नो फिल्म रिलिज गर्ने आट गरेनन् ।

यसैविचमा वलिउड फिल्म सुर्यवंशी नेपालमा रिलिज भयो । लगभग २ वर्ष पछि खुलेको सिनेमा हलमा बल्ल दर्शकको घुइचो लाग्यो । कोरोना संक्रमणको डर कायमै रहँदा दिपावलीको अवसरमा हलमा रिलिज भएको अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ले १०० करोडभन्दा धेरै कमाई गरेर इन्डष्ट्रिमा नयाँ उत्साह बढाएको छ । चलचित्रको यो कमाई रिलिजको पहिलो हप्ताको हो । अक्षयको ‘सूर्यवंशी’ पहिलो ठूलो बजेट र स्टारकास्टको चलचित्र हो जसले दर्शकलाई पुनः एकपटक हलमा बोलाउने जिम्मा उठाएको थियो ।चलचित्र सूर्यवंशी चलेपछि भने नेपालका निर्माताहरुले पनि आफ्नो चलचित्र रिलिज मिति धमाधम घोषणा गरे । थुप्रै नेपाली सिनेमाहरुले आफ्नो चलचित्रको रिलिज मिति विभिन्न समयमा ताकिसकेका छन् जुन हामिले अघिल्ला अंकहरुमा जानकारी दिईसकेका छौ ।

फिल्म रिलिज डेट त घोषणा भए तर दाङमा रहेका सिनेमा हलहरुको अवस्था भने नाजुक छ । कुनै वेला दाङ नेपाली सिनेमा बढि चल्ने जिल्ला मध्ये को लिस्टमा गनिन्थ्यो । दाङ जिल्ला भन्ने वित्तिकै नेपाली चलचित्र क्षेत्रका निर्माताहरुको लागि आशाको केन्द्र विन्दु मानिनथ्यो । दाङमा फिल्म धेरै चल्छ भन्ने थियो । कैयौ फिल्महरुले दाङका विभिन्न हलहरुमा ५१ औ दिन समेत मनाएका छन् । तर कोरोना पछि भने दाङमा रहेका ९ वटा सिनेमा हल मध्ये २ वटा सिनेमा हल मात्र पुनः संचालनमा आएका छन् ।

दाङको तुलसीपुरमा दुई वटा चलचित्र हलहरु मध्ये दुवै हलहरु अव वन्द हुने निश्चित जस्तै छन् । तुलसीपुरमा रहेको विष्णु चलचित्र मन्दिर अब सधैका लागि बन्द हुने हलका डाईरेकटर अनुप कुमार श्रेष्ठले बताउछन् । अव चलचित्र खोल्दा फेरी नयाँ व्यवस्थापन गर्नु पर्ने र कर्मचारीहरु सवै आफ्नो आफ्नो कर्ममा जुटिसकेकाले हल खोल्न गाह«ो भएको उनी बताउछन् । उनका अनुसार हललाई पुरानै शैलिमा संचालन गर्दा दर्शक नआउने र नयाँ व्यवस्थापन गर्दा धेरै रकम लाग्ने अनि लगानी पुनः जोखिममा पर्ने भएकाले अव हल संचालन नगर्ने मनस्थितीमा रहेको श्रेष्ठ बताउछन् । यस्तै तुलसीपुरमै अवस्थित अर्को पुरानो हल ॐ शान्ति सिनेमा हल पनि अहिले तत्काल संचालन नहुने हलका संचालक ध्रुव पुरी बताउछन् । कोहि नयाँ व्यवस्थापनका साथ संचालन गर्न ईच्छुक भएर आए नयाँ व्यवस्थापनका साथ संचालन गर्ने तर अहिलेकै व्यवस्थापनबाट अव हल संचालन गर्न नसकिने उनी बताउछन् । यसअर्थमा पनि अव उक्त सिनेमा हल पनि वन्द हुने लगभग निश्चित भएको छ ।

यस्तै घोराहिमा रहेका चार वटा सिनेमा हलहरुको कथा पनि उस्तै छ । कोरोना पछि घोराहिको मनकासी हल र स्वर्गद्धारी हल भने संचालनमा आएका छन् । उक्त सिनेमा हलमा चलचित्र सूर्यवंशी प्रदर्शन भईरहेको छ । मनकासी सिनेमा हलका प्रवन्धक ललित श्रेष्ठले करिव दुई वर्ष ठप्प रहेको सिनेमा हल खोल्न पाउदा खुसी रहेको र अव आफ्नो सिनेमा हलमा नेपाली सिनेमाहरु पनि प्रदर्शन गरेर हललाई पुरानै लयमा फर्काउन आफु लागिपरेको बताउछन् । यस्तै घोराहीका अन्य हलहरु निमा चलचित्र मन्दिर र गणेश चित्रालय भने कोराना पछि संचालन हुन सकेका छैनन् । गणेश चित्रालय भने एक/दुई महिनापछि संचालन हुने हलका म्यानेजर चेतन कोईरालाले जानकारी दिए । अहिले तत्काल हल खोल्ने वातावारण नभएको र केहि समय पछि हलको केहि मर्मत समेत गरी संचालनमा ल्याईने उनले बताए । यस्तै निमा चलचित्र मन्दिर पनि कोरोना पछि संचालनमा आउन सकेको छैन । केहि समय अघि भने उक्त हलमा चलचित्र मन्जिलको च्यारिटि सो गरिएको थियो । त्यस पछि भने हलमा कुनै पनि चलचित्र रिलिज भएका छैनन् । प्राप्त जानकारी अनुसार निमा हल पनि तत्काल खुल्ने सम्भावना नरहेको बुझिएको छ । यस्तै नारायणपुरमा रहेको सिनेमा हल भने आजभोलि व्यापारिक प्रयोजनका लागि प्रयोग भईरहेको छ । उक्त हल भने सधैका लागि बन्द भईसकेको छ ।
यस्तै लमहिमा सत्यशाहि र भालुवाङमा रहेको भोले सिनेमा हल पनि कोरोना पछि खुल्न सकिरहेका छैनन् । कोरोनापछि सरकारले सिनेमा हल संचालन अनुमति दिदा र नेपाली सिनेमाको रिलिज डेट तोकिदा समेत दाङका सिनेमा हल भन पुरानै लयमा फर्किन सकिरहेका छैनन् । अव पहिलाको जस्तो माहोल दाङका सिनेमा हलले बनाउन सक्ने छैनन् ।
कोरोना संक्रमणको त्रासका कारण शून्य अवस्थामा रहेको नेपाली चलचित्र क्षेत्रलाई अब कसरी पुरानै लयमा फर्काउने भन्ने चुनौती विद्यमान भएका बेला सिनेमा हलहरु संचालनको चुनौति पनि चलचित्र उद्योगमा धारिलो हतियार जसरी तेर्सिएको छ । त्रास सकिएर बजार खुलेको अवस्थामा चलचित्र क्षेत्र र सिनेमा हललाई कसरी सहज अवस्थामा फर्काउन सकिएला भन्ने अहिलेको मुख्य चुनौती हो ।

के के छन् सिनेमा हलका चुनौती ?

अस्तित्व रक्षाको चुनौती
थुप्रै चुनौतीबीच एउटा मुख्य चुनौती हो, अस्तित्व रक्षा । सिनेमा हलले आफ्नो अस्तित्व बचाउन निकै कठिन भएको छ । सिनेमाहरु रिलिज भएपनि हल खुल्न नसक्दा सिनेमा हलको अस्तित्व कहाँ जाने भन्ने बेला भएको छ । यो समस्या विशेष गरी सिंगल थिएटरहरुमा दिएको छ ।

निरन्तरताको चुनौती
सिनेमा हलको निरन्तरता पनि अहिलेको मुख्य चुनौति हो । चलचित्रहरु धमाधम छायांकन भएर रिलिजका लागि गए पनि सिनेमा हलहरु खोल्न नसक्दा सिनेमा हलको निरन्तरता माथि प्रश्न उठ्न थालेको छ ।
निर्माताहरूले जोखिम मोलेर चलचित्र रिलिज गर्ने तर अधिकांश स्थानमा सिनेमा हलहरुको निरन्तरता भएन भने के गर्ने भन्ने ठुलो प्रश्न उठेको छ । देशैभरका सयौ सिनेमाहल हरुमा रिलिज हुनुपर्ने फिल्म थोरै सिनेमा हलमा रिलिज हुदा पनि मेकरलाई लगानी उठाउन गाह«ो हुने र सिनेमा क्षेत्रको बजार पनि खुम्चिने बढि सम्भावना देखिन्छ ।

रूपान्तरणको चुनौती

सिनेमा हलहरुको अबको अर्को चुनौती हो, रूपान्तरण । अव पनि नेपालका सिनेमाहलहरु समयमानै रुपान्तरण हुन सकेनन् भने एकादेशको कथा नहोला भन्न सकिन्न । नेपालका विशेष गरी सिंगल थिएटर हलहरु प्रविधिमय र गुणस्तरयुक्त बनाउनुपर्ने देखिन्छ । नेपालमा अबको बजार कस्तो हुने हो निश्चित छैन । संक्रमणको त्रासका कारण दर्शक डराइरहेका छन् । त्यसमा पनि नेपाली चलचित्र छुटाउनै नहुने गरी राम्रो नबन्ने हुँदा बजार चलायमान भइहाल्छ भन्ने छैन । त्यसैले स्वास्थ्यमा जोखिम मोलेर दर्शक हलसम्म जान्छन् भन्ने ढुक्क नभएकाले अब तत्काल सिनेमा हलहरु व्यवस्थित तरिकाले रुपान्तरण हुनु पदर्छ ।
“कोरोनाको पेन्डामिकमा डिजिटल प्लेटफर्मममा विश्वभरका चलचित्र हेरेर दर्शकमा सिनेमाको लिट्रेसी बढेको छ । त्यसैले समयसापेक्ष नेपाली चलचित्र क्षेत्र र सिनेमा हलहरु रूपान्तरण हुने समय आएको छ ।
लेखक चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका निवर्तमान अध्यक्ष हुन् ।