दिपेन गुरुङको ‘स्वतन्त्र’ सार्वजनिक (भिडियोसहित)

माघ १८, २०७८


काठमाडौं,
माघ १८ ।

गायक दिपेन गुरुङ ‘एकेए बबाल’ र्‍याप गीत ‘स्वतन्त्र’ सार्वजनिक भएको छ । दिपेनकै शब्द, कम्पोज र निर्माण रहेको गीत ‘स्वतन्त्र’को भिडियो सार्वजनिक भएको हो ।

नेपाली चलचित्र निर्देशन गरिसक्नु भएका सुयोग गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दिपेनसँगै दिव्य दृष्टिको अभिनय रहेको छ । म स्वतन्त्र भइ बाच्न चाहन्छु, मलाई स्वतन्त्र छोडिदेउ भन्ने भाव रहेको गीतको भिडियोमा अन्य कलाकारलाई पनि देख्न सकिन्छ ।

गीतको भिडियो हङकङका विभिन्न स्थानमा छायाँकन गरिएको छ । दिपेनका यसअघि ‘भोटेको छोरा’, ‘जा कोरोना जा’ लगायतका र्‍याप गीत लोकप्रिय रहेका छन् । आफ्ना यसअघिका गीतलाई जस्तै ‘स्वतन्त्र’लाई पनि दर्शक/स्रोताले मन पराउनेमा आफू आशावादी रहेको दिपेनले बताउनुभयो ।