निरुतालाई आफ्नो स्टारडम म्युजिक भिडियोमा फर्काउन सकस ?

माघ २०, २०७८


कुनै समय नेपाली चलचित्र उद्योगका निकै चर्चित अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंह एक म्युजिक भिडियोमा देखिँदैछिन् । भिडियोमा निरन्तर काम गरिरहेका राजेश हमालसँग निरुताको केमेष्ट्री दर्शकका लागि विशेष हुन सक्छ । तर युट्युबमा रिलिज भएका हमालका अधिकांश भिडियोले दर्शकको उल्लेख्य साथ भने सकेका छैनन् ।

राजेश र निरुताको जोडीलाई भने म्युजिक भिडियोमा दर्शकले कत्तिको रुचाउँछन्, यो भने गीत रिलिज पछि नै थाहा होला । निरुता सिंह कुनै बेला नेपाली चलचित्रमा सर्वाधिक माग भएकी अभिनेत्री हुन् । तर नयाँ पुस्ताका अभिनेत्रीहरुले राज गरिरहेको समयमा निरुतालाई पुरानो स्टारडम फर्काउन भने मुस्किल पर्ने देखिन्छ ।