आकाश र अञ्जलीको ‘किन यसरी’

माघ २५, २०७८


गीतकार डम्बर खनाल ‘आर्यन’को शब्द, संगीत र स्वरमा नयाँ गीत ‘किन यसरी’ सार्वजनिक भएको छ । भिडियोमा मोडलद्धय आकाश श्रेष्ठ र अञ्जली अधिकारीले अभिनय गरेका छन् । यो गीतको दोश्रो भाग पनि रिलिज गर्ने गीतकारको भनाई छ ।

मनिषा पोखरेलको कला निर्देशन रहेको भिडियोमा हरि हुमागाँइको छायांकन, विकास दाहालको सम्पादन, विधान कार्कीको निर्देशन छ ।