प्रताप र प्राश्नाको युगल स्वरमा लगायौ ‘कस्तो मोहनी’

माघ २६, २०७८


गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी’ गीत सार्वजनिक भएको छ । सन्जित श्रेष्ठको शब्द, संगीत रहेको प्रेमिल शैलीको गीतमा सन्जल भण्डारीको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ । पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र विष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट सञ्चालित चर्चित सागीतिक समूह ‘द नेक्स्ट’ को युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज सँगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ । विगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक क्षेत्रको बिकासमा सक्रिय बिष्णु नेपालको पहिलो अभिनयलाइ दर्शकले राम्रो रहेको बताएका छ । उनी अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ‘द नेक्स्ट’ को सस्थापक मध्यका एक हुन् । ‘द नेक्स्ट’ ले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ ।