कृष्ण रसालको ‘के पारा हो यस्तो’ सार्वजनिक (भिडियोसहित)

माघ २७, २०७८


काठमाडौं,
माघ २७ ।

कृष्ण रसालको कोरियोग्राफमा रहेको गीत ‘के पारा हो यस्तो…’ सार्वजनिक भएको छ । मनोज लकान्द्रिको स्वर र समिर आचार्यको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पेन्टर कृष्णको निर्देशन रहेको गीतको भिडियोमा अर्चना डी क्षेत्रीको अभिनय छ । ओम गोर्खालीको छायाँकन र मिन विश्वकर्माको सम्पादन रहेको भिडियोमा अष्ट्रेलियाका सुन्दर दृश्य कैद गरिएको छ ।

सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो बनेको र दर्शक स्रोताले मन पराउनेमा आफू आशावादी रहेको कोरियोग्राफर रसालले बताउनुभयो ।  भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।