अमिका फिचर्ड ‘मन मनै त हो’ सार्वजनिक (भिडियोसहित)

चैत १०, २०७८


काठमाडौं ।
अमिका महतले मोडलिङमा डेब्यु गरेको तथा गायिका मेलीना राईको स्वरमा तयार भएको ‘मन मनै त हो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

लण्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशनमा अर्को नयाँ रोमाञ्चक म्यूजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । लण्डन प्लमस्टिडस्थित गोर्खा क्लबमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको मोडल अमिका महत क्षेत्रीको ‘मन मनै त हो’का शब्द अर्जुन रत्न भिखारीका हुन् ।

सुनिल मास्केको संगीत, मेलिना राईको स्वर रहेको गीतमा लण्डनका विभिन्न रमणीय दृश्य समेटेर भिडियो बनाइएको छ । म्यूजिक भिडियोमा लण्डनका लोकप्रिय नायक ध्रुब दत्त र अमिका महतको अभिनय रहेको छ । मिसेस नेपाल यूकेमा सहभागी अमिकाको यो डेब्यू प्रोजेक्ट हो ।

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा कलाकारहरु ध्रुव दत्त र अमिका क्षेत्रीले आ–आफ्नो अनुभव सुनाएका थिए । उनीहरुले कुशलको निर्देशकीय क्षमता र गाइडेन्समा काम गर्न निकै सहज भएको बताए ।

वक्ताहरुले बेलायतमा सीमित श्रोत र साधनका बीचपनि म्यूजिक भिडियो निरन्तर आइरहनु नेपाली गीत–संगीत र श्रष्टाका लागि सकारात्मक पक्ष भएको धारणा राखे । पहिलोपटक म्यूजिक भिडियोमा अभिनय गरेकी अमिका चर्चित नाट्यकर्मी स्वर्गीय जीतेन्द्र महत अभिलाषीकी सुपुत्री हुन् । अमिकाले म्यूजिक भिडियो हेरेर आफ्नो पहिलो प्रयासमा भएका कमी कमजोरी औंल्याइदिन आग्रह गरेकी छन् ।