मिलन श्रेष्ठको गीत ‘फर्किन चाहन्छु’ सार्वजनिक (भिडियो सहित)

चैत १२, २०७८


गायक मिलन श्रेष्ठको हृदयस्पर्शी गीत ‘फर्किन चाहन्छु’ सार्वजनिक भएको छ । चर्चित गीतकार–संगीतकार आसुसेन लामाको शब्द संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । देशमा विद्यमान वैदेशिक रोजगारी र अहिलेको नेपाली समाजलाई चित्रण गरिएको गीतको भिडियोमा लोकप्रिय कलाकार रश्मी भट्ट, गायक मिलन र आदि पौडेलको अभिनय रहेको छ ।

युवराज वाइबाको निर्देशनमा बनेको भिडियोमा निशल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको छ ।