पल र अञ्जली फिचर्ड ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

चैत १७, २०७८


काठमाडौं,
चैत १७ ।

दीलीपकुमार श्रीस, शान्तिश्री परियार र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘पियारी’ सार्वजनिक भएको छ । दीलीपकुमारकै शब्द, सङ्गीत, योगेजकाजीको सङ्गीत संयोजन, पवन बिश्वकर्माको मिक्सिङ तथा माष्टरिङ र गायिका सारिका घिमिरेको कविता वाचन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

एस एम एस एचडीमा रेकर्डिङ गरिएको गीतको भिडियोमा गम्भिर विष्टको निर्देशन रहेको छ । भिडियोमा पल शाह र अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ भने अतिथि भूमिकामा योगेशकाजी, शिला गजुरेल अनुप अधिकारीलाई देख्न सकिन्छ । सुवोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी छायाँकन र नवीन निरौलाको सम्पादन तथा कलर रहेको छ ।

दिलकी रानी तिमीलाई भेट्न मन छ आजै
आएछु भने फर्केर खुशीको बहार ल्याउछु
भएन भने प्रियसी
तिम्रो मेरो प्रेमको कहानी बनाम्ला !!! गीतको भिडियोमा प्रदेश गएको प्रेमीलाई सम्झेर बस्दै दिन बित्दै गएको कथाका बुनिएको छ ।