‘नेपाल्स सिंगिङ सुपस्टार’ को अडिसन खुला

चैत १८, २०७८


भ्वाइस स्टार नेपाल प्रालिले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को अडिसन खुला भएको छ । इमेज टेलिभिजनबाट प्रसारण हुने शोको बिहीबारबाट अडिसन खुला गरिएको कार्यक्रम निर्माता सुरजलाल जोशीले जानकारी दिए ।

अन्य रियालिटी शोमा भाग लिइसकेका वा पाँच वर्षभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक–गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरिने भएको छ । अडिसनमा भाग लिन नेपाल्स सिंगिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनुपर्ने आयोजकले बताएको छ ।

कार्यक्रम आगामी वैशाख १८ गतेदेखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुने जनाइएको छ । शोको निर्णायकको रुपमा गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहनेछन् । रवि श्रेष्ठले निर्देशन गर्ने ‘नेपाल्स सिंगिङ सुपरस्टार’को विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।