तुलसीपुर-४ मा युवा नेता कृष्ण खड्काकाे बडा अध्यक्षमा दावि
सन्ताेष के.सी.
दाङ,२० तुलसीपुर । आसन स्थानीय तहकाे निर्वाचन अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा न. ४ काे वडा अध्यक्षमा युवा नेता कृष्ण बहादुर खड्काले दावि गर्नु भएको छ । युवा नेताकाे रूपमा परिचित खड्काले पाटिका कुनै पनि पदमा दावि नगरेकाे र हाल जनप्रतिनिधिमा आफ्नाे दावि रहेकाे वताउनु भएको छ । सरल र जनतामाझ सहजै घुलमिल हुने सक्ने खड्काले वडामा आफुले नेतृत्व लिए वडालाई हाक्न सक्ने बताउनु भयो, खड्काकाे क्रेज युवाहरू माझ निकै लोकप्रिय छ । त्यस्तै पत्रकारीतमा आफ्नाे छुटै छवि वनाएका सरल मिजासिला युवा नेता बालाराम खड्का पनि वडा अध्यक्षका आकाँक्षि रहेका छन् । उनि पनि वडाकाे नेतृत्व लिन पाटिले जनताले विश्वास गरे अध्यक्षमा लडन तयार रहेकाे बताउभयो, साविक वडा नं २ र वडा समायोजन पछि वडा नं ४ नेपाली काँग्रेसकाे ईकाई सभापति भएका खड्काले सवैकाे सहमति र आफुलाई जिम्मेवारी दिए आफु नेतृत्व लिन सक्ने बताउनु भयाे । उहाँले आफुले एकलै चाहेर केही नहुने भन्दै पाटि र जनताकाे चाहाना नै मुख्य कुरा भएकाे बताउनु भयाे । त्यस्तै खड्का संगै वडा अध्यक्षकाे आकाँन्छिमा धुर्व गाैतम, प्रणव कुमार खड्का, लिला बहादुर खड्का, लेख कुमार कार्कि, शाेभाराम बुढाथोकी, सुन्दर राेका, तारा सेन र नन्द लाल पुन छन् । उनीहरूले जसले टिकट पाए पनि सवैकाे साथ सहयाेग हुने बताउ छन् ।






