के ‘ए मेरो हजुर ४’ बाट हट्छन् त दुर्गेश ?

चैत २४, २०७८


पल शाह प्रकरणमा विवादित गायक तथा मोडल दुर्गेश थापालाई केही महोत्सवबाट समेत हटाइएको थियो । अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’बाट पनि हट्ने चर्चा चलेको छ । दुर्गेशको कारण फिल्म विवादमा नपरोस् भनेर निर्माण युनिटले हटाउन लागेको बताइन्छ ।

फिल्ममा दुर्गेशको मुख्य अभिनेत्री सुहाना थापा पात्रले गायक दुर्गेशलाई भेटेको एक दृश्य रहेको थियो । उक्त दृश्य हटाउँदा पनि फिल्मलाई केही फरक नपर्ने निर्माण युनिटले जनाएको छ ।

‘निर्माता सुनिल कुमार थापाले भने दुर्गेश हट्ने नहट्ने अहिले निर्णय नभएको बताए । ‘दुर्गेशको फिल्ममा सानो भुमिका हो । उनी भएपनि नभएपनि केही फरक पर्दैन’ थापाले भने ‘ पिःल्मको लागि हिजो एक र्याप गीत राख्ने भएपछि दुर्गेश हटाइएको हल्ला भएको छ ।’ दुर्गेशको बिषयमा केही दिनमा निर्णय हुने निर्माता थापाको भनाई रहेको छ ।

१ वैशाखबाट प्रदर्शनमा आउँने फिल्ममा सुहानाको अलवा अनमोल केसीको मुख्य भुमिका रहेको छ । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म उनकै श्रीमान् सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।