पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’ को गीत सार्वजनिक

चैत २८, २०७८


आगामी जेठ ६ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्झना बिर्सना’ को पहिलो गीत रिलिज गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘परेली’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । रोमान्टिक गीतमा अञ्जु पन्त र निमेश प्रधानको स्वर रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अभिनेत्री पूजा शर्माले यो फिल्मले दर्शकमा सम्झना छाड्ने बताइन् । अभिनेता आकाश श्रेष्ठले कोरोना महामारीपछि हलमा आफ्नो फिल्म रिलिज हुन लागेकाले आफू उत्साहित रहेको बताए । ‘सम्झना बिर्सना’ पूजा र आकाशले सहकार्य गरेको चौथो फिल्म हो ।

आदित्य प्रधान निर्देशित फिल्मले नेपाल, सिक्किम र दार्जिलिङको प्रेमकथा चित्रण गर्छ । निर्देशक प्रधानले रेविका प्रधानसँग मिलेर कथा लेखेका हुन् । शिशिर राणा, सुनिल थापा र छुल्ठिम गुरुङको समेत फिल्ममा अभिनय छ ।