स्थानिय तह निर्वाचन : गाउँ-शहरमा उत्साह थपिदै, नयाँ पुस्ताको जनमत बलियो

बैशाख ०४, २०७९     शरद रेग्मी


स्थानीय तहको निर्वाचन आउन अब करिब एक महिना मात्रै बाँकी छ । सरकारमा रहेका र नरहेका सबै दल चुनावी घोषणापत्र निर्माणका लागि अन्तिम छलफलमा छन् । गठबन्धनको सरकारका कारण स्थानिय तहको निर्वाचनमा पनि गठवन्धन नै गरेर जाने सरकारको निर्णय अनुसार चुनावी गतिविधि अगाडि बढिरहेका छन् । यद्यपी चुनावी तालमेलको बारेमा काँग्रेसका केहि पालिका नेतृत्वहरूमा भने असन्तुष्टि देखिएको छ । कतै सामुहिक राजिनामा आएको छ भने केहि जिल्लामा चरम असन्तुष्टि देखिएपछि काँग्रेस पार्टि परित्याग गरेका छन । गठबन्धनमा कसले, कति पालिका पाउने र यसको प्रक्रिया के हुने ? भन्ने बारेमा जिल्ला र केन्द्रिय नेतृत्वमा समेत छलफल भइरहेको काँग्रेस दाङका सभापति शंकर डाँगीले जानकारी दिनुभयो । केन्द्रको निर्णयलाई आफुहरुले अक्षरस पालना गर्दै अगाडी बढने उहाको भनाइ रहेको छ । यता नेपाली कांग्रेसले एक महिना अघिदेखि सुरु गरेको घर घर जाऔ काँग्रेस जिताऔ भन्ने अभियान सबै जिल्लहरुमा उपलब्धिमुलक बनेको पार्टिका प्रबक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो । जिल्ला देखि केन्द्र सम्मका नेताहरु जिल्ला जिल्लामा खटिनु भयो जसले गर्दा रिजल्ट पनि राम्रो देखिएको छ डाक्टर महतले भन्नुभयो । उनिहरु गाउ पुग्दा कार्यकर्ताहरु थप हौसिनुका साथै पार्टि थप शसक्त र आउदै गरेका निर्बाचनहरुमा पहिलो पार्टि बन्नेमा आशाबादि समेत रहेको उहाको भनाइ रहेको छ । सबैको घर घरै पुगेर सन्चो बिसन्चो र बर्तमान अवस्थाका बारेमा सोधिखोजि गर्नु काग्रेसका लागि आगामि दिनमा थप जिम्मावार र बलियो बनाउने अभियानको रुपमा बिष्लेशन गरियको छ । केन्द्र र जिल्लाबाट खटेका प्रतिनिधिहरुले पार्टिको अभियानलाई थप सार्थकता दिन एक महिने अभियानलाई गाउ शहर केन्द्रित पारेको बताएका छन । गाउ गाउमा पुगेका नेपाली काग्रेसका नेता कार्यकर्ताहरुले जेष्ठ नागरिकको सम्मान कार्यक्रमलाई अभियकै रुपमा अगाडि बढाएका थिए । आगामी बैशाख ३० गते दाङ सहित ७ सय ५३ स्थानीय तहमा नया नेतृत्वका लागि निर्वाचन हुँदै छ ।

पुरानै अनुहारका अधिकाशं उम्मेद्वार

गत निर्बाचनमा बिजयि भएका र पराजय भएका पुरानै उम्मेदवारहरु यसपटक पनि नेतृत्व लिन तम्तयार भएका छन । दाङमा वडा अध्यक्ष ,गाउपालिकाका अध्यक्षहरु र नगरमा फेरि पुरानै अनुहारहरु दोहोरिन खोजि रहेका छन । तर नया पुस्ताका उम्मेदवार हरु नेतृत्व हस्तान्त्रण हुनुपर्ने भन्दै ब्यापकरुपमा आ आफ्नो पार्टिमा बहस चलाउन सुरु मात्रै गरेका छैनन उनिहरुले नेतृत्वलाई दवाव समेत दिन थालेका छन । “एकसेएक युवाहरु आफ्नो क्षमता प्रदर्शन गर्ने र बिकासको शैलि परिवर्तन गर्दै नया अभ्यायासको परखाईमा छौ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य पुर्ब पत्रकार सुबास डाँगीले भन्नुभयो ।” हामिले आफ्नो क्षमता र कार्यशक्ति देखाउनेबेलामा फेरि पनि पुरानै अनुहार दोहोरिन खोज्नु भनेको पुरानै शैलि हाविहुनु हो वडा सदस्य डाँगीको भनाइ रहेको छ । युवा पुस्ता जबरजस्तरुपमा हरेक क्षेत्रमा सक्रिय भैरहेको भन्दै स्थानिय तहको नेतृत्व पनि युवाहरुलाई दिने गरि जिल्ला,प्रदेश र क्षेत्रले साझा धारणा बनाउन नेतृत्व लाई डागिले सुझाव दिएका छन । तुलसीपुर उपमहानगरमा काँग्रेसका दश जना वडा अध्यक्ष मध्य एक जनाको निधन भैसकेको छ भने अधिकाशं वडा अध्यक्षहरु फेरि पनि उम्मेदवार बन्ने होडबाजीमा रहेका छन । वडा नम्बर ७ का वडा अध्यक्ष टोपबहादुर केसी नदोहोरिने मनस्थिति बनाएका छन भने पाँच नम्बर वडाका वडा अध्यक्ष बिरेन्द्र शाहले औपचारिक रुपमै फेरि पनि वडा अध्यक्ष बन्ने घोषणा गरिसकेका छन ।

युवा नेतृत्व आजको आवश्यकता

स्थानिय निर्बाचनको मिति नजिकिदै गर्दा युवाहरुले आफ्नो पक्षमा जनमत बलियो बनाउन सफल भएका छन । निर्बाचनको माहोल आफ्नो पक्षमा पार्न उनिहरुले जनताका समस्यालाई सम्बोधन गर्दै पार्टिको अभियान लाई तिब्र पार्न निरन्तर क्रियाशिल बनेका छन । यसपटक जनमत पनि युवा पुस्ताकै हाबि रहेको छ । गाउ शहरमा युवाहरुले नेतृत्व लिए बिकासको मोडेल परिबर्तन गरेको देख्न पाउने थियौ तुलसीपुरका एकजना जेष्ठ नागरिक रामबहादुर खत्रीले भन्नुभयो । उहाका अनुसार यसपटक पनि नेतृत्व हस्तान्तरण हुन सकेनभने बिकासको शैलि परिवर्तन हुन नसक्ने चिन्ता ब्यक्त गर्नुभयो । खत्रीले भन्नुभयो “जनमत जस्को छ टिकट पनि उसैले पाउनु पर्छ पार्टिको हित पनि यसैमा छ । निर्बाचनको माहोल कतिबेला कस्को पक्षमा देखिन्छ भन्न सकिदैन । जस्को पार्टिमा महत्वपुर्ण योगदान छ ,स्वास्थ्य अबस्था कमजोर छ र जनमत पनि छैन उहाहरुलाई हामिले सम्मान गर्नु पर्छ । उहाहरुको सल्लाह सुझाब पार्टिलाई सधै आबश्यक हुन्छ अर्का नेता दलबहादुर पुनको सुझाव रहेको छ ।