साउन मसान्तसम्म कक्षा ११ को भर्ना लिन राष्ट्रिय परीक्षा बोर्डको निर्देशन

साउन १९, २०७९


काठमाडौँ, १९ साउन ।

 कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था मिलाउन राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले निर्देशन दिएको छ । बोर्डले सार्वजनिक सूचना जारी गर्दै शैक्षिकसत्र २०७९/०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सम्बन्धमा विभिन्न विद्यालयर क्याम्पसले फरकफरक भर्ना तालिका तय गरि छोटो समयको मात्र म्याद राखेपछि यस्तो निर्देशन दिएको हो । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने ब्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको नतिजा सार्वजनिक गरेको थियो ।