‘ढल्केला ढल्केला’ गीतमा मोडल अनिताको बोल्ड नृत्य

साउन २९, २०७९


लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ‘ढल्केला ढल्केला’ सार्वजनिक भएको छ । कमल खत्री र अनिता लिम्बुको शब्द, संगीत रहेको गीतको भिडियोमा मोडेल अनिता लिम्बुको बोल्ड नृत्य समेटिएको छ । अनिताले लन्डनमा आयोजना हुने र्याम्प सोहरुमा मोडलिङ गर्दै आएकी छन् ।

कुशल श्रेष्ठको छायाङ्कन, सम्पादन र निर्देशन भिडियोमा छ । भिडियोको टिकटक प्रतियोगिता समेत आयोजना गरिएको छ । जसमा उत्कृष्ट टिकटक भिडियो बनाउनेले १० हजार पुरस्कार प्राप्त गर्न सक्नेछन् ।