प्राश्नाको तीज गीत ‘माइती आँगन’

साउन २९, २०७९


हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती आँगन’ को गीत सार्वजनिक भएको छ । गीतमा हिन्दू नारीहरूको विशेष पर्वमा माइतीको महत्व र छमछम कम्मर मर्काएर नाच्ने कुरा प्रस्तुत गरिएको छ ।

भिडियोले तीजमा माइतीको आँगनमा नै पुगेर घनघन मादन नघन्केसम्म, छमछम ननाचेसम्म तीज नआउने कुरा देखाएन खोजिएको छ । प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द छन् ।

गीतको एरेन्ज प्रदीप श्रेष्ठले गरेका हुन् । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । भिडियोमा आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शीक्षा पौडेल, वीनिता थापा, वीनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरको अभिनय देख्न सकिन्छ ।