आकाश र करुणा फिचर्ड ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक

भदौ ०३, २०७९


काठमाडौँ। नायक आकाश श्रेष्ठ र मोडल करुणा श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘फूलै फूल दिन्छौ की’सार्वजनिक भएको छ। लोकप्रिय गायक शिव परियारको स्वर रहेको रिमेक भर्सन गीतमा संगीत आशिष अविरलको रहेको छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीत टिकटकमा अत्यधिक हिट भएको छ।

बिबेक रसाइलीको निर्देशनमा बनेको भिडियोलाई सौरभ लामिछानेले खिचेका छन्। राग स्टुडियोको प्रस्तुतिमा बनेको भिडियोको सम्पादन भुपेन्द्र अधिकारीले गरेका छन्। भिडियो आशिष अविरलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।