सडेको अवस्थामा तीन जनाको शव भेटियो
असोज ०३, २०७९
कञ्चनपुर, ३ असोज ।
कञ्चनपुरमा सडेको अवस्थामा तीन जनाको शव भेटिएको छ । जिल्लाको लालझाडी गाउँपालिका–१ को उखुबारीमा दुई जना र पुनर्वास नगरपालिका–१० को दोदा नदी नजिकै अर्का एक जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख, प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिनुभएको छ ।
शव सडेको अवस्थामा भएकाले पहिचान गर्न समस्या भएको उहाँले बताउनुभयो । दुई वटा शव कंकाल भइसकेको अवस्थामा भेटिएका छन भने अर्को चुरा र लुगाको आधारमा महिलाको भए पनि पहिचान गर्न नसकिएको प्रहरी निरीक्षक मल्लको भनाई छ । आँखाले हेरेर शवको पहिचान गर्न नसकिएपछि प्रहरीले डीएनए संकलनको तयारी गरेका प्रहरी निरीक्षक मल्ल जानकारी दिनुभएको छ ।






