जवरजस्ती करणीका फरार प्रतिवादि पक्राउ
असोज ०७, २०७९
तुलसीपुर, ७ असोज ।
बाँकेमा जवरजस्ती करणी उद्दोगका फरार प्रतिवादिलाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा राप्तीसोनारी गाँउपालिका २ निवासी ३६ वर्षीय गम बहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
उनलाई जिल्ला अदालत बाँकेले २०७५ साल जेठ २३ गते जवरजस्ती करणी उद्दोग मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय तोकेको थियो । फरार रहेका खत्रीलाई खोजतलासी गर्दै जादा आज शुक्रबार पक्राउ गरी जिल्ला अदालत बाँकेमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।







