तुलसीपुरमा रड प्रहारबाट एक युवक घाइते
असोज १३, २०७९
तुलसीपुर, १३ असोज ।
दाङको तुलसीपुरमा फलामको रड प्रहारबाट एक युवक घाइते भएका छन । घाईते हुनेमा तुलसीपुर ३ दमारगाँउ निवासी १७ वर्षीय रोहिल पुन मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।
तुलसीपुर ९ वेलुवा निवासी रमेश खड्का लगाएत ४–५ जनाको समुहले उनलाई फलामको रड प्रहार गरेको प्रहरीले बताएको छ । उनीहरुबिच पुरानो रिसीभी रहेका कारण मगरमाथी रड प्रहार भएको प्रहरीको भनाई छ । घाईतेको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न व्यक्तीहरु फरार रहेको र खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।