कृषि शाखा दंगीशरणले ५० प्रतिसत अनुदानमा किसानलाइ आलुको बिउ बितरण गर्यो ।

असोज १३, २०७९


प्रमोद आचार्य । असोज १३, दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरूलाइ ५० प्रतिशत अनुदानमा आलुको बिउ बितरण गरेको छ । दंगीशरण गाउँपालिकाभित्र रहेका ७ वटै वडाका कृषक,कृषक समुह, कृषि फर्म, सहकारी समुहलाइ बिउ बितरण गरीएको कृषि शाखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो । कृषि शाखाको ३ लाखको लगानीमा ३ हजार केजि आलु खरीद गरी बितरण गरीएको शाखा प्रमुख भुषालले जानकारी दिनुभयो । कृषि शाखा प्रमुख सरु भुसालको शभापतित्व, तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा बिउ बितरण गरिएको हो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले दंगीशरण गाउँपालिकामा धेरैजसो किसानहरु कृषिमा निर्भर रहने पालिका भएकाले पनि आफुहरुले कृषिलाइ प्राथमिकतामा राखेको बताउनुभयो । चुनाबकाबेला पनि आफ्नो घोषणापत्रमा समेत किसान सम्मान र किसान लक्षित कार्यक्रम उल्लेख गरेकाले पनी यहाँका किसानहरुलाइ कृषिमा प्रेरीत गर्न आफु गम्भीर भएको बताउनुभयो । बिउ बितरण कार्यक्रमको सहजीकरण कृषि प्राबिधिक सहायक मानबहादुर डाङ्गिले गर्नुभएको थियो ।