दाङमा ढुङगाले च्याप्दा एक जना घाइते
असोज २६, २०७९

पश्चिम दाङमा पहिरोसंगै खसेको ढुङगाले च्याप्दा एक जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका – ७ भलै खोला निवासी ३० वर्षिय सुमन बाँठा रहेको बुवा प्रताप बाँठाले जानकारी दिनुभयो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपृुर रिफर गरिको छ । हिजो दिउँसो बाख्रा चराउन गोठालो जानुभएका बाँठा साँझसम्म नफर्किएपछि खोजतलास गर्दै जाँदा ढुङाले च्यापिएको अवस्थामा फेला पारिएको थियो ।
राति ८ बजे घोरानेटी जंगलमा घाइते अवस्थामा फेला परेका बाँठालाई आज बिहान साढे ४ बजे राप्ती प्रादेशिकमा ल्याइएको थियो । बाख्रा चराउने क्रममा पहिरोसंगै खसेको ढुङगाले बाँठालाई च्यापेको थियो ।।