वाईसिएल दाङका तीन वटै क्षेत्रमा चुनाब परिचालन कमिटि

असोज २६, २०७९


तुलसीपुर
२६ असोज / माओवादी केन्द्र निकट योँग कम्युनिष्ट लिग(वाईसिएल) दाङले तीन वटै निर्वाचन क्षेत्रमा चुनाब परिचालन कमिटि गठन गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनकालागि वाईसिएलले परिचालन कमिटि गठन गरेको हो ।

जसमा दाङ क्षेत्र नं.१ को संयोजकमा हिमा पुरी,सहसंयोजकमा लेलिन बञ्जाडेलाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै १ को ‘क’ को संयोजकमा दिपक पुन मगर र ‘ख’मा रविन्द्र ध्वज पाण्डेलाई जिम्मा प्रदान गरिएको छ ।

त्यस्तै दाङ क्षेत्र नंं.२ को संयोजकमा अनिल सेर्पाली र सहसंयोजकमा सुवास विकलाई तोकिएको छ, भने २ ‘क’को संयोजकमा प्रेम सारु मगर, (ख)को संयोजकमा हिमाल रसाइली, सहसंयोजकहरुमा कुसल बुढा मगर र राज सुनारलाई तोकिएको छ ।

त्यस्तै दाङ क्षेत्र नं.३ को संयोजकमा वाईसिएलका जिल्ला इञ्चार्ज अमर नेपाली‘माइकल’ र जिल्ला संयोजक माधव बुढाथोकीलाई संयोजक तोकिएको छ, भने ३(क)को संयोजकमा हेमेन्द्र शाही, सहसंयोजकमा विप्लव वली र भुवन थापा तथा ख(को संयोजकमा मार्सल जीसीलाई तोकिएको छ । त्यस्तै ३(ख)को सदस्यहरुमा रेशम विक, एकराज बस्नेत, मनिराम चौधरी,जीवन खड्का, कुमार केसी, गोेपाल विक, खुमबहादुर विक, रमेश केसीलगायतलाई राखिएको छ ।

बुधबार वाईसिएलका केन्द्रीय सचिब प्रविण वली, दिपशिखा घर्ती मगर, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमर नेपाली‘माईकल’, जिल्ला संयोजक माधव बुढाथोकीसहितले यस्तो निर्णय गरेको हो ।