थप ५१ जनामा कोरोना संक्रमण पुष्टि

असोज २७, २०७९


काठमाडौ, २७ असोज । 

पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ७८६ जनामा गरिएको नमुना परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै सोही समयमा २१ जना कोरोना संक्रमित निको भएका छन । अहिले नेपालमा ६२२ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ ।