मतदाता भन्छन– रेखालाई मत, शंकरलाई माफी दिन्छौं

कार्तिक ०२, २०७९


अघिल्लो चुनाउमा पनि शंकरले केही गर्छन भन्ने विश्वासका साथ भोट दियौं । हाम्रै भोटले उनीख प्रदेशको मुख्यमन्त्री पनि भए । शंकरलाई मात्रै होईन स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेलाई घोराही उपमहानगरपालिका मेयर÷ उपमेयर दुुबैलाई जितायौं । न हाम्रो गाउँको विकास न शंकरले गरे, न मेयरले गरे । हामीले भोट हाल्ने मात्रै भयो । यो वर्ष पनि उनै शंकर फेरी मत माग्न गाउँ आएका छन । अब उनले मत होईन जनतासँग गरेका बाचाको माफी माग्नुु पर्छ । घोराही उपमहानगरपालिका वडा नं. ६ डम्मर बहादुर पुनले भने– शंकर मत होईन यो वर्ष माफी माग्नुु पर्छ । पार्टीमा पनि महासचिव भएका छन । उनले मत होईन जनतासँग माग्ने माफी नै हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका संंयुक्त गठबन्धन तर्फको साझा उम्मेद्वारका रुपमा नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य रेखा शर्मा र नेकपा एमालेका महासचिव शंकर पोख्रेल दाङ निर्वाचन क्षेत्र नं. २ चुनावी प्रतिस्पर्धामा छन् ।

अघिल्लो निर्वाचनमा जनतासँग गरेको बाचा पोख्रेलले पुुरा गर्न नसक्दा यस पटकको निर्वाचनमा उनले मतदातासँग माफी माग्नुु पर्ने पुनले बताए । उनले थपे– मुख्यमन्त्री हुदाँ म आफै उनले गरेको बाचा सम्झाउन बुटवल समेत गए । तर उनले निर्वाचन पछि पनि आश्वासन दिएर फर्काए । पोख्रेलको राजनीतिक योगदान र संघर्ष लामै रहे पनि त्यो भन्दा दोब्बर उनले राजकीय पद प्रशस्तै पाएका उनको भनाई छ । तर त्योे अनुुरुपको जनताको सुखदुखमा भन्दा पनि कार्यकर्तामुखी काम उनले गर्दै आइरहेको उनले गुुनासो पोखे । जनताको सुखदुखका कुरा मात्रै होईन, उनले अघिल्लो पटक नेकपा एमालेलाई जिताए पनि नेकपा एमालेले जनताको त्यो मतको समेत कदर नगरी संसद भंग गरेकाले पनि समेत यस पटकको निर्वाचनान नेकपा एमालेका उम्मेद्वारले मत होईन माफी माग्ने काम गरेको उनले बताए । मुख्यमन्त्री बनायौ, हामीले के पायौं ? अघिल्लो निर्वाचनमा अबको प्रदेशको मुख्यमन्त्री भन्दै भोट मागे । आफ्नै गाउँ ठाउँकै मान्छे मुख्यमन्त्री भए भने विकास देख्न नपाएको हाम्रो गाउँले विकास देख्ला भन्ने लाग्यो ।

चुनाव पछि न गाउँले विकास देख्न पायो न हामीले मुख्यमन्त्री नै देख्न पायौ ? घोराही उपमहानगरपालिका वडा नं.९ भरत सुनारले भने– अघिल्लो निर्वाचनमा उनले भोट माग्दा बनाउछु भनेको बाटो अझै उस्तै छ । उनी मुख्यमन्त्री भए । अहिले अझ झन भावी प्रधानमन्त्री हल्ला छ । उनी जे भएपनि हामी हुने के हो र ? अघिल्लो पटक प्रदेशसभाका निर्वाचन जितेर मुख्यमन्त्री समेत बनेका पोख्रेल अहिले पनि उनै आश्वसन छर्दै गाउँ फर्किदा मतदाताहरुलाई चुनावी उत्साह होईन निराशाले छोएको उनी बताउछन् । जसले गर्दा अब उनलाई होईन अब नयाँ सोच र नयाँ मान्छेलाई यस पटकको निर्वाचनमा जिताउने संकल्प गरेको उनले सुनाए । उनले थपे– यस पटक गठबन्धनकै आश छ । योजना र कुरा सुन्दा पनि गठबन्धनले राम्रो लागेको छ । भोट काम गर्नेलाई दिने हो कुरा गर्नेलाई होईन ।