जनताको सुख दुखमा साथ दिने नेता आवश्यक छ

कार्तिक ०५, २०७९


दाङ, ५ कार्तिक । बंगलाचुली गाउपालिकाका जनताको सुख दुखमा साथ दिने नेता आवश्क रहेको बताएका छन् । उम्मेदुवार हुदा सम्म चिन्ने र निर्वाचित भए पनि नेताहरुले चिन्न छाडने गरेको उनीहरुले बताएका थिए । यसै क्षेत्र बाट जितेका नेताहरुले आफुलाइ नचिन्ने गरेको उनीहरुको भनाइ रहेको छ । निर्वाचनको क्रममा घरमा आउने र जिती सकेपछि फर्केर नर्हे गरेको उनीहरुको भनाइ रहेको थियो । जनताको सुख दुखमा साथ संगै विकासमा सहयोग नेता आवश्यक रहेको बताएका थिए । गठवन्धका उम्मेद्वाहरु संग उनीहरुले यस्तो बताएका हुन । मतदाताहरु संग भेटघाटका लागि शनिवार क्षेत्र न २ प्रतिनिधि सभाका उम्मेद्वार रेखा शर्मा र क्षेत्र नं २ क का उम्मेद्वार बंगलाचुली गाउपालिका वडा नं ३ र ४ का विभिन्न स्थानमा पुगेका थिए । मतदाताहरुले आफनो क्षेत्रका समस्याका बारेमा जानकारी समेत गराएका थिए । उम्मेद्वाहरुले यस क्षेत्रका समस्याका वारेमा जानकारी रहेको भन्दै विगतमा पनि यस क्षेत्रको विकासमा लागेको र आउदा दिनमा पनि लाग्ने बताएका थिए । भेटघाट तथा सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा वोल्दै क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य रेखा शर्माले देशमा समृद्धि र विकासका लागि गठवन्धन भएको बताइन् । जिल्लाको पहाडी क्षेत्र बंगलाचुली विकासको हिसावले पिछडिएको भन्दै आफुहरु विजयी भएमा प्राथमिक्तामा राखेर काम गर्ने उनले बताइन् । सबै जनता समान भएकाले सबैलाई समान दृष्ट्रिले गर्ने उनको बताइन् । दाङ क्षेत्र नं २ क का उम्मेद्वार राजु खनालले जनतालाइ कुरा नभइ काम चाहिएको बताए । गठवन्धनका उम्मेदवारले जितेमा भाषण नभइ काम गर्ने उनको भनाइ रहेको थियो । गठवन्धनले जनताको आवश्यकता अनुसार काम गर्ने समेत उनले बताए । ‘गठवन्धनले जनताको भावना बुझेर अगाडि बढने छ ’ उनले भने । जनताको हितमा काम गर्ने गठवन्धनलाई विजयी वनाउन समेत उनले आग्रह गरे । विपक्षीहरुले गठवन्धन वलियो देखेर विभिन्न भ्रम फैलाउने गरेको भन्दै सचेत बन्न समेत आग्रह गरे । आफ्नो क्षेत्रको विकासका र नागरिकलाइ अधिकार प्रदान गर्ने योग्य उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । बंगलाचुलीको विकासमा विगत देखि नै पहल गदै आएको भन्दै आउदा दिनमा निरन्तरता दिने उनको भनाइ रहेको थियो । देशलाई अशान्ति वाट बचाउनका लागि गठवन्धन गरेर अगाडि वढेको समेत स्पष्ट पारे । अहिलेको गठवन्धनले देशमा संविधानको रक्षा तथा शान्ति स्थापनको लागि काम गर्ने उनको भनाइ रहेको छ ।