हामी प्रचार होइन काम गर्दछौ : खनाल

कार्तिक २०, २०७९


दाङ, २० कार्तिक । दाङ क्षेत्र नं २ (१) का उम्मेदवार राजु खनालले आफुहरुले प्रचार नभइ काम गर्ने बताएका छन् । मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उनले यस्तो बताएका हुन । आफुहरु जनतालाई प्रचार गर्ने काम मात्र नगर्ने बताएका थिए । ‘हामी साधै जनताको पक्षमा रहेका छौ’ उनले भने । भेटघाट तथा घरदैलोका क्रममा उनले समस्याका वारेमा जानकारी लिएका थिए । समस्याको वारेमा जानकारी लिदै उम्मेदवार खनालले आफुले आफनो क्षेत्र वाट समस्या समाधान गर्न बताएका थिए । आफु सधै जनताको साथमा रहेको बताए । ‘म हिजो पनि साथमा थिए भोली पनि हुने छु’ खनालले भने । देशका लागि गठवन्धन आवश्यक रहेकाले गठवन्धनका उम्मेद्वारहरुलाई विजयी वनाउन समेत उनले आग्रह गरेका थिए । आइतवार खनालले वडा न ४ को तार्किने, सवारीकोट, पारखेत, घोराही १५ मधुबन, शिवबस्ती दीपशिखा चोक, एकता टोल वडा न १८ को पुष्पाञ्जली टोलमा भेटघाट तथा घरदैलो गरेका थिए ।