मेरा हरेक फिल्म कमब्याक हुन : नायक आर्यन सिग्देल

पुष ०१, २०७९


पौष १५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘डिसेम्बर फल्स’ लाई नायक आर्यन सिग्देलको कमब्याक भनिएको छ । लामो समय देखि बक्स अफिसमा असफलतासँग जुधिरहेका यी नायकका लागि यो फिल्म चलेको खण्डमा ठूलो राहत हुनेछ । आर्यनले फिल्म र अभिनयलाई नै आफ्नो जीवन मानेका छन् । यसकारण, उनी सफलता वा असफलतामा पनि यही क्षेत्रमा व्यस्त छन् । के यो फिल्म तपाइको कमब्याक हो त, पत्रकारको प्रश्नमा आर्यन असन्तुष्ट सुनिए ।

उनले भने- मलाई यो कमब्याक भन्ने शब्द नै मन पर्दैैन । किनकी, म यही छु र यहाँ नै काम गरिरहेको छु । फिल्म नै मेरो लागि सबथोक हो । मलाई त मेरा हरेक फिल्म नै कमब्याक लाग्छ । सबै फिल्मबाट केही न केही नयाँ कुरा सिकिन्छ । आर्यनले आफूले जीवनमा फिल्म र अभिनय भन्दा अरु केही पनि नसोचेको बताए । उनले, फिल्म ‘डिसेम्बर फल्स’ आफूले काम गरेका फिल्ममध्ये एउटा उत्कृष्ट फिल्म भएको दाबी समेत गरे । यसैले, यो फिल्मको पोष्ट प्रोडक्शनमा पनि आर्यनले टिमसँग मिलेर काम गरिरहेका छन् ।