माओवादी संसदीय दलको उपनेतामा वर्षमान र जनार्दनको दाबी

पुष ०७, २०७९


पुस ७, नेकपा माओवादी केन्द्रको संसदीय दलको उपनेतामा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले दावी गरेका छन् ।माओवादीको संसदीय दलको बैठक बिहीबार ४ बजे सिंहदरबारमा बस्दैछ । संसदीय दलको नेतामा भने कुनै नेताले दावी नगरेका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध जस्तै छन् ।

तर उपनेतामा भने पुन र शर्माले दावी गरेका उनीहरु निकट नेताहरु बताउँछन् । यद्यपि उनीहरुले आफूहरुको दावी संसदीय दलको बैठकमा राख्ने भन्दै सार्वजनिक रुपमा बोलेका छैनन् । दुबै नेताले पार्टीको महासचिवमा पनि दावी गरेका थिए । तर प्रचण्डले अन्त्मिमा देव गुरुङलाई महासचिव बनाए भने पुन र शर्मालाई उपमहासचिव बनाए ।