लुम्बिनी प्रदेश प्रमुखले बोलाए १८ पुसमा अधिवेशन
पुष १४, २०७९
![](https://sampurnakura.com/wp-content/uploads/2022/12/Lumbini-pradesh-sava-Bhawan-Rapti-rotated.jpg)
पुष १४, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन यही पुस १८ गते आव्हान गरेका छन् । प्रदेश प्रमुख अमिककुमार शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम उक्त दिन दिउँसो १ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले जनाएका छन् ।
अधिवेशन लुम्बिनीको राजधानी दाङ, देउखुरीमा बोलाइएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको छ । यसअघि मुकाम बुटवलमा बस्दै आएको प्रदेशसभा सरेपछि पहिलो पटक त्यहाँ अधिवेशन हुन लागेको हो । लुम्बिनी प्रदेश ८७ जना सांसद रहेका छन् ।
![](http://sampurnakura.com/wp-content/uploads/2022/12/319814884_642506550985662_9155022801424829915_n-721x1024.jpg)