राहदानी वितरणको काम अनिश्चितकालका लागि स्थगित

पुष १९, २०७९


पुष १९, राहदानी वितरण कार्य अनिश्चितकालका लागि स्थगित भएको छ । विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि अर्को सूचना जारी नहुदाँसम्म राहदानी लिन लागि विभागमा नआउन अनुरोध गरेको छ । आइतबारदेखि राहदानी विभागको सिस्टममा समस्या आएर राहदानी आवेदनको स्टाटस हेर्ने तथा राहदानी तिवरण कार्य अवरुद्ध भएकाले वितरण कार्य स्थगित गरिएको निर्देशक दुरपदा सापकोटाले सूचनामार्फत जानकारी गराएकी छन् ।

विभागले यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र प्रणाली पूर्णरूपमा सुचारु हुन केही समय लाग्ने बताएकव छ ।विभागले असुविधाप्रति सेवाग्राहीसँग माफी मागेको छ । नियमित रूपमा आवेदनका लागि समय बुक गरेका सेवाग्राहीले बुक गरेको मितिमा बायोमेट्रिकका लागि भने विभागमा उपस्थित उपस्थित हुन अनुरोध गरिएको छ ।