कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आव्हान, प्रदेश प्रमुखद्वारा ६ दिनको सीमा

पुष २१, २०७९


पुष २१, कर्णाली प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीका लागि दाबी पेश गर्न ६ दिनको समय सीमा दिएका छन् । पुस २७ गते बुधबार साँझ ५ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीको दाबी पेस गर्न आव्हान गरिएको हो ।

कुनै एक दलको स्पष्ट बहुमत नभएकाले यस प्रदेशमा पनि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीको नाम मागिएको हो । कर्णाली प्रदेशसभामा ४० सांसद छन् । कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक\एक रहेका छन्।सरकार गठनका लागि २१ सांसद आवश्यक पर्छ । यहाँ एमाले र माओवादी मिलेपछि सहजै सरकार बन्छ ।