विद्यार्थीहरु कक्षा मात्रै चढिरहेका छन् : शिक्षामन्त्री खनाल

माघ १५, २०७९


माघ १५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले विद्यालय तहको सिकाइ उपलब्धी अत्यन्तै कमजोर रहेको बताएका छन् । तुलनात्मक रुपमा पछिल्लो समय विद्यालय तहमा पढाइ छोड्ने विद्यार्थीको संख्या कम भएपनि सिकाइसहित कक्षा चढेको तथ्यांक नभएको उनको भनाइ छ ।

उनले भने विद्यालय तहमा सिकाइ उपलब्धी अत्यन्तै दयनीय छ । विद्यार्थी कक्षा मात्रै चढेका छन् तर सिकाइ सहित कक्षा चढेको तथ्यांक छैन । आइतबार शिक्षा पत्रकार सञ्जाल, नेपाल इजोनको आठौं वार्षिक साधारणसभामा मन्त्री खनालले विद्यालय तहमा सिकाइ कमजोर भएकोले उच्च शिक्षामा पनि त्यसको प्रभाव देखिन थालेको बताए । उनले भने, विद्यालय तहमा सिकाइ उपलब्धी कमजोर थियो नै झन् कोभिड पछाडिको अवस्था दयनीय छ ।

त्यसको प्रभाव उच्च शिक्षामा पनि गुणस्तर घटेको देखिन्छ । पछिल्लो २० वर्षयता शिक्षा क्षेत्रमा काम गर्ने निकायहरु, सरोकारवालाहरुले सबैको पहुँचमा शिक्षा पु¥याउनको लागि काम गरेको र एक हदसम्म सफल भएको पनि भएको र अब भने गुणस्तरीय शिक्षा वितरणको लागि काम गर्नुपर्ने बताए ।