फागुन १९ बाट ‘बुलाकी’ वैशाख १ मा पुग्यो
![](https://sampurnakura.com/wp-content/themes/sampurnakura/images/sidelogo.png)
![](https://sampurnakura.com/wp-content/uploads/2023/02/FB_IMG_1675610919345-792x1024.jpg)
माघ-२२ । लक्ष्मण सुनार निर्देशित चलचित्र ‘बुलाकी’को रिलिज डेट पुनःपरिवर्तन भएको छ। आगामी फागुन १९ लाई रिलिज डेट फाइनल गरेको चलचित्र अब नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात् वैशाख १ बाट मात्र प्रदर्शन हुने भएको छ। आइतबार निर्माण टिमले नयाँ पोस्टरमार्फत् नयाँ वर्षलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।
‘बुलाकी’ ले वैशाख १ रोजेसंगै आगामी नयाँ वर्ष अर्थात् २०८० सालको बैशाख १ गते नेपाली बक्सअफिसमा ६ वटा चलचित्रको गज्जब भिडन्त हुने निश्चित भएको छ। यसअघि नै यो मितिलाई ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ गरी पाँच चलचित्रले बुक गरिसकेका छन्। अब हेरौं यी सबै चलचित्र वैशाख १ आउँछन् वा डेट पोस्टपोन्ड गर्छन् त्यो समयले नै बताउला।
![](http://sampurnakura.com/wp-content/uploads/2023/02/FB_IMG_1675605503589-792x1024.jpg)
सुरक्षा पन्त, नरेन खड्का , विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगाएतका कलाकारको अभिनय रहेको चलचित्रको यही माघ २७ गते शुक्रबार टिजर रिलिज गर्ने तयारीमा निर्माण टिम छ ।
चलचित्रलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । स्वं. मोति बिष्ट प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा भएको हो ।
छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले खिचेका हुन् । चलचित्रको कथा निर्देशक सुनारको हो भने पटकथा तथा संवादमा उनलाई राजबहादुर साने र विराज विष्टले सघाएका छन् । गीतमा गोबिन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल, सुविन सेन्चुरी र बादल थापाको संगीत रहेको चलचित्रलाई त्रिनेत्रम डिस्ट्रिब्युसन र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् ।