शोभितको ‘जय हो’मा केकी अधिकारी अनुबन्धित

माघ २३, २०७९


काठमाडौ । पुराना चलचित्र निर्देशक तथा निर्माता शोभित बस्नेतको नयाँ चलचित्र ‘जय हो’मा अभिनेत्री केकी अधिकारी अनुबन्धित भएकि छन्। आइतबार चलचित्रका प्रस्तुतकर्ता शोभित बस्नेतको जन्मदिनको अवसरमा केकीसँग लिखित सहमति गरिएको हो ।

चलचित्रमा यसअघि नै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ फाइनल भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने चलचित्र आगामी फागुन २५ गते देखि छायांकनमा जानेछ। चलचित्र पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सुरेश न्यौपानेको कथा रहेको चलचित्र एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुनछ। शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहने चलचित्रलाई सौरभ लामाको खिच्नेछन।

‘जय हो’मा राज के अधिकारी र सुरज सरकारले लगानी गर्नेछन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।