कुशलले यूएईविरुद्धको खेल गुमाउने
फागुन २१, २०७९
![](https://sampurnakura.com/wp-content/uploads/2023/03/Khusal-Bhurtel-news1677986921-1024x524.jpg)
फागुन २१, नेपाली राष्ट्रिय क्रिकेट टोलीको ओपनर कुशल भुर्तेलले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको युएईमा जारी त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेल गुमाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानले कुशलले ग्रोईन ईन्जोरीका कारण सोमबारको खेल गुमाउने जनाएको छ । कुशलको स्थान सन्दीप जोरालाई राखिएको क्यानले जनाएको छ । कुशलले सिरिजको पछिल्लो तीन खेलमा एक खेलमा अर्धशतक बनाउँदा दोस्रोमा ५ रन बनाउँदा तेस्रो खेलमा डक आउट भएका थिए ।