कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

फागुन २६, २०७९


फागुन २६, नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ । गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । थप उपचारका लागि उनलाई फागुन ४ गते मुम्बई लगिएको थियो ।

सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए । उनकाअनुसार बिहीबार पनि सांसद भण्डारीको फिजियोथेरापी गरिएको थियो । कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको डाक्टरहरूले जानकारी गराउनुभएको छ’ उनले भने ।

सांसद भण्डारीकी आमा हरिकलाको भने आगलागीमा परेर निधन भएको थियो। कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा फागुन ४ गते हरिकलाको निधन भएको थियो । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो । जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन् ।