अरुण क्षेत्री अभिनित दोस्रो फिल्म ‘प्रेमा’ को ट्रेलर सार्वजनिक

फागुन २८, २०७९


चैत १७ गते प्रदर्शनको तयारीमा रहेको अरुण क्षेत्री अभिनित दोस्रो फिल्म ‘प्रेमा’ को ट्रेलर सार्वजनिक भएको छ । गोविन्द सिंह भण्डारीको निर्देशन रहेको फिल्ममा शीर्ष कलाकारहरु सृष्टि श्रेष्ठ, अरुण क्षेत्री र शुभेच्छा खड्का फिचर्ड छन् । बाघठाटा फ्याक्ट्रीको ब्यानरमा फिल्म बनेको हो । ट्रेलरले फिल्मको केन्द्रीय कथावस्तुको खुलासा गरेको छ, जसमा त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको छ ।

तीन शीर्ष पात्रमार्फत निर्देशकले सम्बन्धमा आउने असमझदारी र उतारचढावको कथा पस्किएका छन् । फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरन जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान् थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको पनि अभिनय छ । फिल्मलाई विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सविन एकतारे र अनिल शर्माको गीत समावेश छ ।