लुम्बिनी प्रदेशका माओवादी मन्त्रीहरूले दिए राजीनामा

चैत १२, २०७९


चैत्र १२, लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रमा मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।