सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

चैत २३, २०७९


चैत २३, सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो । यसअघिको गठबन्धनले पनि न्यूनतम साझा कार्यक्रम बनाएको थियो ।

उक्त गठबन्धन भत्किएर नयाँ दलहरूबीच सत्ता गठबन्धन भएपछि फेरि साझा कार्यक्रम बनाइँदैछ । सरकारले न्यूनतम साझा कार्यक्रम आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक गर्नुअघि गठबन्धन दलका नेताहरूले त्यसलाई पूर्णता दिनेछन् ।