हाट बजार सञ्चालनका लागि नारायणपुरमा महोत्सव

बैशाख ०५, २०८०


वैशाख ५, दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुरमा हाट बजार सञ्चालनका लागि महोत्सवको आयोजना गरिएको छ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा वैशाख १४ गतेदेखि २६ गते सम्म चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव-२०८० हुने भएको हो । नारायणपुरमा हाटबजार व्यवस्थापनका लागि महोत्सवको आयोजना गर्न थालिएको संघका अध्यक्ष अभियान बस्नेतले बताए । उदाउँदो बजारको रुपमा विकसित भइरहेको नारायणपुर बजारलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने लक्ष्य संघको रहेको छ ।

पछिल्लो अवस्थामा हाट बजारको आवश्यक रहेका कारण हाट बजार सञ्चालनका लागि महोत्सवको आयोजना गरिएको हो । अध्यक्ष बस्नेतले बताए, महोत्सव सञ्चालनका लागि १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । त्यस्तै महोत्सवलाई थप व्यवस्थित बनाउनका लागि विभिन्न उप समिति पनि गठन गरिएको महासचिव बसन्त न्यौपानेले जानकारी दिए । जस अन्तर्गत आर्थिक व्यवस्थापन उप समितिको संयोजक रेखा केसी, अतिथि सत्कारको संयोजक गोपाल लम्साल, मूल्याङ्कन समितिको संयोजकमा धनेश्वर आचार्य, महोत्सव अनुगमन समितिको संयोजकमा काशीराम खनाल रहेका छन् ।

त्यस्तै संघ संस्था समन्वयमा मोहनराज आचार्य, धार्मिक पर्यटनमा प्रकाश डाँगी, मञ्च व्यवस्थापनमा नोखीराम केसी, सांस्कृतिक तथा कलाकार व्यवस्थापनमा डिल्ली वली, प्रचार प्रसार उप समितिमा बसन्त न्यौपाने, महोत्सव स्थल व्यवस्थापनमा समन्वयमा माधव पाण्डे, सचिवालय व्यवस्थापनमा भोला बुढाथोकी, शोभा यात्रा व्यवस्थापनमा नारायण भट्टराई, स्टल व्यवस्थापनमा शरद बुढाथोकी, टिकट व्यवस्थापनमा जागेश्वर डाँगी, खानेपानी व्यवस्थापनमा केशरी विष्ट, सरसफाइ व्यवस्थापनमा यज्ञ बहादुर थापा, प्राथमिक उपचारमा मिना भण्डारी, स्थानीय कलाकार समन्वयमा शरद समीप, साहित्यक कार्यक्रम समन्वयमा केशव थापा, पार्किङ व्यवस्थापनमा लिलाधर शर्मा संयोजक रहेका छन् ।